काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन्। राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २-० गोलले हराएको हो।
खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपेका थिए।
त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन्। जितसँगै ३ अंक जोडेको लेस्टर ११ खेलमा ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा रहेको छ।
अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३-० गोलले हरायो। खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरेको फुलहमले १ गोल आत्मघाती उपहार पाएको थियो। खेलको दोस्रो हाफको ६२ औँ मिनेटमा एस्टनभिल्ला १० खेलाडीमा समेटिएको थियो।
जितसँगै फुलहम ११ खेलमा १५ अंकसहित नवौं स्थानमा रहेको छ। समान खेलमा ९ अंक रहेको एस्टनभिल्ला १७ औँ स्थानमा रहेको छ।