बोलिभियामा भएको दुर्घटनामा सातको मृत्यु

बोलिभिया । बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ । यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो ।  

आठजना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एकजना घाइते भएका बताइएको छ । यहाँको नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण सडक चिप्लो भएर उक्त सवारी चिप्लिएर सडकमा खसेको बताएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×