अफगानिस्तानको बाघलान प्रान्तमा बम विस्फोट दुईको मृत्यु

पुल–ए–खुम्री। उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतवार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।

स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल–ए–खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार मध्याह्नमा भएको विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनाको सरकारी समाचार एजेन्सी बख्तरले पुष्टि गरेको छ।  

विस्फोटक उपकरणले सर्वसाधारणको ज्यान गत हप्तामा पनि गएको थियो। गत सोमबार पूर्वी नान्गाहार प्रान्तको लालपुर जिल्लाको एक विद्यालयबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा छ बालबालिका र एक विक्रेताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×