काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत मंगलबार रातिको खेलमा मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबादल ३ रनको जित निकालेको छ।
टस हारेर पहिले ब्याटिङको अवसर पाएको हैदराबादले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा मुम्बईले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।
हैदराबादको जितमा राहुल त्रिपति प्लेयर अफ दि म्याच रहे। उनले ब्याटिङका क्रममा ४४ बलमा ७६ रनको योगदान दिएका थिए। त्यस्तै, प्रियम गर्गले ४२ रन बनाएका थिए। भने निकोलस पुरनले ३८ रनको योगदान दिए। यता मुम्बईका रमनदिपले तीन विकेटको योगदान दिएका थिए।
त्यस्तै जवाफी ब्याटिङमा मुम्बइको ओपनरले ९५ रनको बलियो साझेदारी गरेका थिए। आउट हुनुअघि रोहितले ४८ र इशान किसनले ४३ रन बनाए। त्यस्तै, टिम डेबिडले ४६ रनको योगदान दिए पनि मुम्बईले जित निकाल्न सकेन। मुम्बईलाई लक्ष्य पुरा गर्न नदिने क्रममा हैदराबादका उमरन मलिकले तीन विकेट लिएका थिए।