बञ्चरेडाँडामा फोहर फाल्न अवरोध गर्ने १३ जना पक्राउ

काठमाडौं । विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहर बिसर्जन गर्न अवरोधमा उत्रिएका केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान फोहर बोकेर गएका टिपरहरूलाई बन्चरेडाँडा क्षत्रेका स्थानीयले अवरोध गरेका थिए । सोक्रममा १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ ।
बन्चरेडाँडामा फोहर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो । त्यहाँ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले बताए ।

‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।

समितिले गत फागुन २१ गत प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’समक्ष ११ बुँदे माग पेस गरेका थिए । उक्त मागहरू सम्बोधन नगरिएको भन्दै समितिले शनिबार बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा जाने सडक अवरुद्ध गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×