काठमाडौँ। लोकप्रिय गायक प्रमोद निर्वाणको आवाज, संगीत तथा संयोजन रहेको गीत 'मायामा तिम्रो मायामा' सार्वजनिक भएको छ। लामो समयको अन्तरालपछी गायक प्रमोद नेपाली सांगीतिक जगतमा फर्किएका हुन्। गीतमा निर कमल खड्काको शब्द रहेको छ। प्रकाश धितालको कन्सेप्ट तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा सूर्या नेपाली र अन्जना दवाडीको अभिनय रहेको छ।
गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कुनै समय गायक प्रमोदका 'जब तारा गनेर','कस्तो मोडमा','किन यसरि' लगायातका गीतले निकै चर्चा कमाएका थिए।
भिडियो: