काठमाडौँ - युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको समूहचरणबाट इटालियन क्लब युभेन्ट्स बाहिरिएको छ। समूह चरण अन्तर्गत मंगलबार राति पोर्चूगिज क्लब बेन्फिकासँग ४-३ गोल अन्तरले पराजित भएपछि युभेन्ट्स बाहिरिएको हो।
बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले २ गोल गरेका थिए। एन्टोनियो सिल्भा र जोया मारियोले १/१ गोल गरेका थिए। बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले २ गोल गरे। एन्टोनियो सिल्भा र जोया मारियोले १/१ गोल गरेका थिए। युभेन्ट्सका मोइस किन,आर्काडुइज मिलिक र वेस्टन म्याककेनीले १/१ गोल गरेका थिए।
यस जितसँगै समूह ‘एच’ बाट बेन्फिकाले नकआउट चरणमा स्थान बनाएको छ। बेन्फिका ५ खेलमा ११ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। युभेन्ट्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।