स्ट्रर्लिङ अनुबन्धका लागि चेल्सीको चासो

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले विंगर रहिम स्ट्रर्लिङ अनुबन्धका लागि चाँसो देखाएको छ। चेल्सीले म्यान्चेस्टर सिटीका विंगर अनुबन्धका लागि मुख्य योजनामा राखेको बीबीसीले जनाएको छ।

सिटीसँग इंग्ल्यान्डका विंगर स्ट्रर्लिङको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ। पछिल्लो समय उनले क्लब छाड्ने चर्चा चलिरहेको छ।

चेल्सीले स्ट्रर्लिङ अनुबंध्का लागि ६० मिलियन पाउण्डको प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ। गत सिजन उनले ३० प्रिमियर लिग खेल्दा १३ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×