मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी-  सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ।

तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नं को पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका का ४३ वर्षीय सतिशकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×