प्रिमियर लिगमा लिड्स युनाइटेड माथि आर्सनलको जित

काठमाठडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ। आइतबार भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा एडवार्ड निकोटले २ गोल गरेका थिए। डिएगो लोरेन्टले लिड्सका लागि गोल गरेपनि जित्तलाई पर्याप्त भएको थिएन।

जितपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ।

पाँचौं मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। १० औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले पनि अग्रता दोब्बर बनाएको थियो। 

६६ औं मिनेटमा डिएगोले गोल फर्काए पनि लिड्सलाई पराजय हुनबाट जोगाउन सकेनन्। लिड्स अंक तालिकाको १७ औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×