चार अंकले घट्यो नेप्से

कमाउने भन्दा गुमाउने समुह धेरै
काठमाडौं - अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने घटेको छ । नेप्से आज चार दशमलव शुन्य पाँच अंकले घटेर १९ सय तीन दशमलव ८४ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव १३ अंकले बढेर तीन सय ६७ दशमलव ११ अंकमा पुगेको छ । दुई सय ८४ वटा कम्पनीहरुको २५ हजार पाँच सय २० पटकको कारोबारमा ३७ लाख ६६ हजार एक सय ५३ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ९७ करोड छ लाख १२ हजार आठ सय ९२ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोम मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव २० अंकले बढेर १२ सय १७ दशमलव ६१ अंकमा पुगेको छ भने लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुुचक भने नौं दशमलव २६ अंकले घटेर तीन हजार छ सय ६३ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ५० अंकले घटेर दुई हजार दशमलव मुल्य दुई अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ९५ अंकले घटेर नौ हजार नौं सय ७९ दशमलव एक अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव ३२ अंकले घटेर नौं हजार सात सय ९३ दशमलव दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंकको संस्थापक सेयर परेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×