काठमाडौँ - यसै समरमा क्लबमा भित्रिएका ब्राजिली फरवार्ड गाब्रियल जेसस चम्कदा इंग्लिस क्लब आर्सनलले प्रि-सिजनको अभ्यास खेलमा सानदार पूनरागमन जित निकालेको छ।
२-० ले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जर्मनीको दोस्रो डिभिजनको नर्नवर्गमाथि ५-३ को सानदार पूनरागमन जित निकालेको हो।
नर्नवर्गमा शुक्रबार राति भएको खेलमा आर्सनलको जितमा परिवर्तित खेलाडी जेससले २ तथा मोहम्मद इलानेले १ गोल गर्दा २ गोल उपहार पाएको थियो। घरेलु टोली नर्नवर्गका जोहाननेस जेइस, क्वाडो डुआ र लुकास साइमरले १-१ गोल फर्काएका थिए।
खेलको २४औं मिनेटमा जोहाननेस जेइसको गोलबाट आर्सनल खेलमा पछि परेको थियो। २९औं मिनेटमा क्वाडो डुआले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले पछि परेको थियो।
पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफको शुरुमै जेसससँगै गाब्रियल मार्टिनेली र मोहम्मद इलाने र गाब्रियललाई मैदान प्रवेश गराएपछि आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै पूनरागमन जित निकाल्न सफल भएको हो।
जेससले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्दै आर्सनललाई खेलमा फर्कने संकेत दिएका थिए। ५४औं मिनेटमा मोहम्मद इलानेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। ५८औं मिनेटमा क्रिस्टोफर सिन्डलरले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा ३२ को अग्रता लिन सफल भएको हो।
६३औं मिनेटमा नर्नवर्गका टिम हान्डवेर्करले आत्मघाती गोल गरेपछि आसर्ननल सानदार पूनरागमन जितर्फ अघि बढ्यो। ७३औं मिनेटमा लुकास साइमरले गोल गर्दै खेललाई ४३ को स्थितिमा ल्याए। ७५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै आर्सनललाई सानदार पूनरागमन जित दिलाएका थिए।
जेसस यसै समरमा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट आर्सनल पुगेका हुन्।