उत्तमजंग लिम्बु र दीपा लामाको स्वरमा 'भन कति माया गर्छौ मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौँ - 'भन कति माया गर्छौ मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उत्तमजंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।

म्युजिक भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङले अभिनय गरेका छन्। बेलायतका रमणीय दृश्य सँगै भिडियोमा प्रेमलाई समेटिएको छ।

निर्देशक श्रेष्ठले सम्पादन गरेको गीतका शब्द विनोद गुरुङले लेखेका हुन्। उत्तमजंग लिम्बुले संगीत भरेको गीतको एरेन्ज संजय शाहले गरेका हुन्। दीपीका श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा विकास धमलाले कलर भरेका छन्। भिडियोको छायांकन गहेन्द्र शाक्यले गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×