बिडारीको नेतृत्वमा आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन

काठमाडौँ - नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ।

उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा. बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी छन्। विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको छ। महासङ्घको हालै तिलौराकोटमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस क्षेत्रको हित संवर्द्धनका लागि केही विभाग तथा समिति गठन गरेको थियो। विभागका प्रमुख बिडारीले उक्त विभागमा प्राज्ञिक तथा प्रभुत्व वर्गको प्रतिनिधित्व गराई विश्व परिवेशमा देखिएका आमसञ्चार तथा पत्रकारिता क्षेत्रका सैद्धान्तिक, व्यवहारिक र प्राज्ञिक पक्षमा बहस छलफल गरी यस क्षेत्रको प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

आमसञ्चार तथा पत्रकारिताको अध्ययन तथा अध्यापन हुने देशभरका विश्वविद्यालयसँग समन्वय गरी सातै प्रदेशमा बृहत् प्राज्ञिक सभा गर्ने विभागले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी, विज्ञ, प्राज्ञिक व्यक्तिलाई विभागमा थप गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×