डिफेन्डर कोडी एभर्टनमा अनुबन्धित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर कोनर कोडीलाई अनुबन्ध गरेको छ। एभर्टनले डिफेन्डर कोडीलाई उल्भ्सबाट लोनमा अनुबन्ध गरेको हो।

एभर्टनले १ सिजनका लागि उनलाई लोनमा अनुबन्ध गरेको हो। उल्भ्सले डिफेन्डर कोडीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको अवसर समेत दिएको छ।

२९ वर्षीय कोडीले एभर्टनमा ३० नम्बरको जर्सी लगाउने छन्। कोडी सन् २०१५ मा हडर्सफिल्ड टाउनबाट उल्भ्स आएका थिए। कोडीले उल्भ्सका लागि उनले २ सय ७३ खेल खेल्दै ६ गोल गरेका छन्। यस्तै इङ्गल्याण्डका लागि कोडीले १० खेलमा १ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×