दिपीका पादुकोणको चलचित्र ‘गेहराइयाँ’को ट्रेलर सार्वजनिक

भारत। बलिउड चलचित्र ‘गेहराइयाँ’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा अभिनेत्री दिपीका पादुकोण र सिद्धान्त चतुरवेदी मुख्य भूमिकामा रहेका छन्। त्रिकोणत्मक प्रेम कथामा आधारित चलचित्रको निर्देशन सकुन बात्राले गरेका हुन्। चलचित्रको  ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो। 

सकुन बात्रा र आयेशा देभित्रे ढिल्लोनले लेखेको कथा रहेको चलचित्रलाई करण जोहर, अपुर्व मेहता, सकुन बात्रा र हिरो यास जोहरले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा दिपीका र सिद्धान्तका अलावा अनन्या पाण्डे, धैर्य कर्वा, रजत कपुर आदि कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र फेब्रुअरी ११ मा ओटिटि प्ल्याटफर्म अमेजोन प्राइम भिडियोमार्फत विश्वभर रिलिज हुँदैछ। 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×