पर्यटनका दुई संस्थाको अधिवेशन चैत दोस्रो साता

काठमाडौँ - पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (फिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ।

भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ। भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए।

अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो। यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×