भारत। दक्षिण भारतीय चलचित्रकी अभिनेत्री सामंथा रुथ प्रभुको नयाँ चलचित्रको घोषणा भएको छ। चलचित्रको नाम 'यशोदा' रहेको छ। चलचित्र हिन्दी,तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शनमा आउनेछ। चलचित्र श्रीदेवी मूभिजको ब्यानर तल बनाइनेछ। चलचित्रको निर्देशन हरी र हरीशको जोडीले मिलेर गर्नेछ। चलचित्रको शूटिंग हैदराबादबाट सुरु भएको छ। सस्पेन्स थ्रिलर विधामा आधारित चलचित्रको शूटिंग २०२२ भित्र सकिने तयारी रहेको छ। चलचित्रको घोषणा गर्दै निर्माताहरुले सामाजिक सञ्जालमा लेखेका छन् "अद्भुत कलाकार सामंथा रुथको बहुभाषिक चलचित्र यशोदाको शूटिंग आज सुरु भएको छ।
