धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं - काठमाडौंमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको होf] ।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×