नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई वर्तमान संकटबाट निकास दिने एकमात्र माध्यम निर्वाचन नै भएको स्पष्ट पारेका छन् । निर्वाचनको विकल्प खोज्ने प्रयासले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी उनले दिए ।
बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,
“निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनामा पर्न सक्छ । धेरै उतारचढावपछि अब निर्वाचनमार्फत देशलाई स्थायित्वतर्फ लैजाने वातावरण बनेको छ ।”
उनले वर्तमान परिस्थितिमा नेपाली जनताको एकता, राजनीतिक दलहरूबीचको सहकार्य र सामूहिक प्रयासमार्फत राष्ट्रलाई निकासतर्फ लैजानुपर्ने आवश्यकता औंल्याए । अराजक अवस्था अन्त्य गरेर मुलुकलाई सही दिशामा लैजान अब ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
प्रचण्डले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनले युवापुस्ता राजनीति, सुशासन र राष्ट्रको भविष्यप्रति थप सचेत हुँदै गएको स्पष्ट संकेत दिएको पनि बताए ।
उनका अनुसार युवाको बढ्दो सहभागिताले लोकतन्त्रलाई अझ सुदृढ बनाउने आधार तयार गरिरहेको छ ।
.png)
.png)
.png)
.png)
.png)
.png)


