चेतन कार्कीको शब्द र दीप श्रेष्ठको स्वरमा ‘विरहमा जल्छु’ सार्वजनिक

काठमाडौँ - गीतकार चेतन कार्कीको शब्दमा म्युजिक नेपालले ‘विरहमा जल्छु’ गीत सार्वजनिक गरेको छ। गीतमा दीप श्रेष्ठले स्वर दिएका छन् भने नारायण ओलीको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ।

प्रेम विरहको भाव समेटिएको गीतको भिडियोमा नम्रता सापकोटा र कोशिश क्षेत्री फिचर्ड रहेका छन्। भवानी शिलाशंकरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई राजीव लोहनीले निर्देशन गरेका छन्।

फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका कार्कीको २०७८ जेठ २ गते ८४ वर्षको उमेरमा निधन भएको थियो। कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत फिल्म निर्देशन गरेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×