फ्रेन्च फरवार्ड एन्कुकुले विश्वकप गुमाउने

काठमाडौँ - यो सिजन उच्च लयमा रहेका फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन्। प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिरिएका हुन्।

२५ वर्षीया एनकुन्कु क्लब आरबी लाइप्जिगका लागि यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन्। प्रशिक्षण दौरान मंगलबार उनी रियल मड्रिड मिडफिल्डर एडुआर्डो कामाभिंगासँग जुध्न पुग्दा उनी घाइते हुन पुगेका थिए।

एनकुन्कुको विकल्पमा फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले हालसम्म अर्को नाम दिएको छैन।

एन्कुन्कु डिफेन्डिङ च्याम्पियन फ्रान्सको टोलीबाट बाहिरिने अर्को ठुला नाम हुन्। यसअघि मिडफिल्डर पउल पोग्बा,एनगोलो कान्टे र डिफेन्डर प्रिस्नेल किम्पेम्बे टोलीबाट बाहिरिसकेका छन्। राफेल भरान चोटमुक्त हुने प्रयासमा छन्।

समूह ‘डी’ रहेको फ्रान्स फ्रान्सले आफ्नो पहिलो खेलमा २३ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×