एमसीसीमाथि नेपालको जित

काठमाडौँ - नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) माथि नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई १ सय ७ रनले हराएको हो। टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो दिएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो।

२ सय १४ रनको विजय लक्ष्य पछ्याएको एमसीसी ३२ ओभरमा सवै विकेट गुमाएर १ सय ६ रनमा समेटिएको थियो। नेपालका लागि ओपनरद्वय काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ दुवैले अर्धशतकीय रन बनाए। प्लेयर अफ दि म्याच घोषित काजोलले ५३ रन बनाइन्।

कन्चनले ५५ रन जोडिन्। यस्तै कविता कुँवरले २७, सम्झना खड्काले २५ र कप्तान रुविना क्षेत्रीले १४ रन बनाएका थिए। बलिङमा एमसीसीकी सबा नसिमले २ तथा रेचल पोटर, एलिसा हबार्ड, इसाबेल गर्नी र सराह क्रेले १/१ विकेट लिए।

सस्तैमा समेटिएको एमसीसीका लागि सबा नसिमले २१, जेनी कितजिंगरले १७, जोलेन फोस्टरले १५ र एलिसा हबार्डले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। एमसीसीटोलीले मङ्गलबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालको आईसीसी यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको तालिका अनुसार एमसीसी टोलीले पोखरा रङ्गशालामा कार्तिक ११ र १२ गते क्यान ११ सँग टी-२० र ४० ओभरको खेल खेल्नेछ। कार्तिक १३ गते मिक्स-११ सँग टी-२० तथा अन्तिम खेल कात्तिक १५ गते क्यान-११ सँग ४० ओभरको खेल खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×