भारत। बलिउड अभिनेत्री तापसी पन्नू र प्रतीक बब्बरको आउँदो चलचित्र 'वो लड्की है कहाँ'को शूटिंग सकिएको छ। यो कुराको जानकारी निर्माण पक्षले 'र्याप अप पार्टी'को तस्विरहरू सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत दिएको हो। अरशद सैयदको निर्देशनमा बनेको चलचित्रमा तापसी-प्रतीकका अलावा प्रतीक गांधी र हरलीन सेठी पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रलाई 'जंगली पिक्चर्स' र 'रोय कपूर फिल्म्स'ले प्रोड्यूस गरेको हो।