एभर्टन छाडेर टोटनहममा रिचार्लिसन

काठमाडौँ - प्रिमियर लिग क्लब एभर्टनका ब्राजिलियन फरवार्ड रिचार्लिसन एभर्टनबाट टोटनहम स्थानान्तरण नजिक पुगेका छन्।  

त्यसका लागि उनी मेडिकल टेस्टका गर्न पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। एभर्टनले करिब ५० मिलियन पाउन्डको प्रस्ताव स्वीकारेसँगै उनी अर्को प्रिमियर लिग क्लब टोटनहम जान तयार भएको डेली स्टारले दाबी गरेको छ।

टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेको प्राथमिकतामा परेका रिचार्लिसनमाथि स्पेनिस क्लब बार्सिलोनाले पनि चासो देखाएको थियो।

कोन्टे सन् २०१९ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको टोटनहमको अग्रपंक्ति प्रभावशाली बनाउने लक्ष्यमा रहेका छन्। उनीसँग ह्यारी केन, ह्युङ मिन सन र डेजान कुलुभ्सेभ्स्की जस्ता खेलाडी भए पनि उपयुक्त विकल्प छैनन्।

इंग्लिस क्लब वाटफोर्डबाट सन् २०१८ मा एभर्टन पुगेका रिचार्लिसनले क्लबका लागि १५२ खेलमा ५३ तथा देशका लागि ३६ खेलमा १४ गोल गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×