काठमाडौँ - डिफेन्डिङ च्याम्पियन फ्रान्सले विश्वकप फुटबल खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक डिडियर डेसचाम्प्सले विश्वकप खेल्ने २५ सदस्यीय टिमको घोषणा गरेका छन्।
१६औं पटक विश्वकप फुटबलमा सहभागी हुन लागेको फ्रान्सले १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो। समूह ‘डी’मा रहेको फ्रान्सको समूहमा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन्।
फ्रान्सको टिम
गोलकिपर - अल्फोनसे अरेओला (वेस्टह्याम),हुगो लुइस (टोटनह्याम),स्टिभ मनडानडा (स्टेड रेन्नेज)
डिफेन्डर - विलियम सलिबा (आर्सनल),राफेल भरान (म्यानचेस्टर युनाइटेड),इब्राहिम कोन्टे (लिभरपुल),प्रेसनेल किमपेम्बे (पिएसजी),बेन्जामिन पाभार्ड (बायर्न म्युनिख),डायोट उपामेकानो (बायर्न म्युनिख),लुकास हर्नानडेज (बायर्न म्युनिख),थियो हर्नानडेज (एसी मिलान),जुलेस कुण्डे (बार्सिलोना)
मिडफिल्डर - यडुआर्डो कामाभिन्गा (रियल म्याड्रिड),माटेओ गुएनडोउजी (मार्सेली),एड्रीयन रोबीओट (युभेन्टस),अरेलिएन टिचोउआमेनी (रियल म्याड्रिड),जोर्डन भेरेटोउट(मार्सेली),युसुफ फोफाना (मार्सेली)
फरवार्ड - एन्टोनी ग्रीजम्यान (एटलेटिको म्याड्रिड),ओलिभर जिराउड (एसी मिलान),ओसमान डेम्बेले (बार्सिलोना),किलीयन एम्बाप्पे (पिएसजी),करिम बेन्जमा (रियल म्याड्रिड),किंग्सले कोम्यान (बायर्न म्युनिख) ,क्रिस्टोफर एनकुनकु (आरबी लेइपजिंग)
फ्रान्सको विश्वकप खेल्ने टिममा इन्जुरीका कारण पाउल पोग्वा र एन्गोलो कोन्टे बाहिर रहेका छन्। त्यस्तै प्रशिक्षकले रियल म्याड्रिडबाट खेल्ने फेरल्याण्ड मन्डी र म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियललाई टिममा समावेश गरेका छैनन्।
फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २३ मा अस्ट्रेलियाविरुद्ध खेल्दै छ भने दोस्रो खेल डेनमार्कविरुद्ध नोभेम्बर २६ मा खेल्दै छ। त्यस्तै तेस्रो खेल ट्युनिसियाविरुद्ध नोभेम्बर ३० मा खेल्नेछ।