काठमाडौँ - फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएकाे छ। ऊ घरेलु टाेली लियाेनविरुद्व १-० ले विजयी भएकाे हाे।
पार्क ओलम्पिक लियोनाइस (ग्रुपमा स्टेडियम) मा लियाेनल मेस्सीले गरेकाे १ मात्र गाेल पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो। उनले खेलकाे पाँचौँ मिनेटमा नेयमारकाे पासलाई सदुपयाेग गरेका थिए।
याे जितसँगै ८ खेलमा २२ अंकका साथ पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित लियाेन समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा रहेको छ।