काठमाडौँ - एलेक्स मोलकानलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।
पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई ६-२ ६-३ ७-६ (७-४) ले हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन्।
जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन्।