काठमाडौँ - इडर मिलिटाओको निर्णायक गोलमा रियाल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ।
शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियालले कठिन जित निकालेको हो।
८ खेलबाट २२ अंक जोडेको रियाल शीर्ष स्थानमा रहेको छ। १ खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा रहेको छ। गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा रहेको छ।