कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा 'स्काई क्याफे' सञ्चालनमा

काठमाडौँ - कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ।

पर्वतकै ‘द क्लिफ’ का सञ्चालक युवराज जोशीले 'स्काइ क्याफे' सञ्चालनमा आएको बताएका हुन्। अहिले सुरुआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ। क्याफेका लागि मात्रै झण्डै रु. ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति रु दुई हजार ५०० शुल्क राखिएको जानकारी दिए।

सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ। अहिले सुरुआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पका बारेमा छलफल भइरहेको छ। कोभिड–१९ को सङ्क्रमण फैलिएका यसअघिका लहरभन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ। निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भीडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन्।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ। पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ। त्यसकारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। “अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो, अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाका जस्तो मारमा पर्नुपरेको छैन”, उनले भने, “हामीले पूर्णरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौँ, ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौँ, जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ।”

कोरोना सङ्क्रमण भए पनि दैनिक बन्जी र स्वीङ गर्नेको पनि उत्तिकै भीडभाड रहेको कम्पनीले जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×