सबै नागरिकलाई काेराेनाविरूद्धकाे बुस्टर डाेज लगाउने सरकारकाे तयारी

काठमाडाैं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताएका छन्। सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उनले बताए ।

पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उनले बताए ।

सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए । उनले स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताए । मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×