सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न शनिवार मतदान हुने

सप्तरी - नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ।  सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको छ।

 जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका हुन्।

साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×