काठमाडौँ - राफायल नाडालले फ्रेन्च ओपन टेनिसअन्तर्गत डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई पराजित गरेका छन्। मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा नाडालले लामो समयका प्रतिद्वन्द्वीविरुद्ध जित हात पार्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
रोलान्ड गारोसमा चार घण्टाभन्दा लामो समय चलेको खेलमा नाडालले जोकोभिचलाई ६-२, ४-६, ६-२ र ७-६(७-४) को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका थिए। २१ पटकका ग्राण्डस्लाम विजेता नाडालले अब तेस्रो वरियताका एलेक्जेन्डर जभेरेभविरुद्ध खेल्नेछन्।
खेलपछि प्रतिक्रिया दिँदै सर्वियन टेनिस स्टार जोकाभिचले नाडाललाई पराजित गर्न सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन्।
नाडालले गत सिजनमा सेमिफाइनलमा भोगेको पराजयको बदला लिन सफल भएका छन्। यसका साथै उनले रोलान्ड गारोसमा खेलेका १ सय १३ मध्ये १ सय १० खेलमा पराजय भोगेका छन्।
पुरुष टेनिसमा यी दुई चिर-परिचित प्रतिद्वन्द्वीको रुपमा चिनिन्छन्। उनीहरुबीच ५९ पटक भिडन्त हुँदा नाडाल ३०-२९ ले पछि रहेका छन्।