प्रि-सिजनमा चेल्सीको सहज जीत

काठमाडौँ - इंग्लिस क्लब चेल्सीले प्रि-सिजनमा सहज जीत निकालेको छ। गएराति भएको मैत्रीपूर्ण खेलमा चेल्सीले उडिनेसेलाई ३-१ गोलले पराजित गरेको हो।

डासिया एरिनामा भएको खेलमा चेल्सीलाई जीत दिलाउन एनगोलो कान्टे, रहिम स्टेरलिङ र मेसन माउन्टले १/१ गोल गरेका थिए। उडिनेसेको लागि जेरार्ड डोउलोफेउले १ गोल फर्काएका थिए। पहिलो हाफ २-१ गोलमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले १ गोल थप्दै सहज जीत निकालेको हो।

यसअघि भएको २ खेलमा चेल्सी आर्सनलसँग ४-० र चार्लोट्टी एफसीसँग पेनाल्टी सुटआउटमा ६-४ गोलले पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×