चोटका कारण लोरिस र हर्नान्डेज फ्रेन्च टोलीबाट बाहिर

काठमाडौँ - युइएफए नेसन्स लिगअन्तर्गत अस्ट्रिया र डेनमार्कविरुद्धको खेलका लागि घोषित फ्रेन्च टोलीबाट नियमित कप्तान तथा गोलकिपर ह्युगो लोरिस र डिफेन्डर थियो हर्नान्डेज बाहिरिएका छन्।

फ्रेन्च फुटबल संघले लोरिस र हर्नानडेज चोटका कारण टोलीबाट बाहिरिएको जनाएको छ। यसअघि नै पाउल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जेमा, लुकास हर्नान्डेज र किंग्सले कोम्यान पनिचोटका कारण टोलीबाट बाहिरिसकेका थिए।

फ्रान्सले बिहीबार अस्ट्रियाको भ्रमण गर्नेछ भने त्यसको ३ दिनपछि डेनमार्कविरुद्ध खेल्नेछ। लोरिसको स्थानमा नान्टेसका गोलकिपर अल्बान लाफोन्ट तथा हर्नानडेजको स्थानमा एस्टन भिल्लाका डिफेन्डर लुकास डिग्नेलाई टोलीमा समावेश गरिएको छ।

प्रतियोगिता अन्तर्गत लिग वानको समूह ‘ए’ मा रहेको फ्रान्स ४ खेलबाट समान २ जित र हारको नतिजासहित २ अंकका साथ पुछारमा रहेको छ। 

फ्रेन्च टोलीमा गोलकिपर : अल्बान लाफोन्ट,माइक मैगनन,अल्फोन्स एरोला 

डिफेन्डर : बेनोइट बादियाशीले, जोनाथन क्लाउस, लुकास डिग्ने, जुलेस कुण्डे,फेर्ल्यान्ड मेन्डी, बेन्जामिन पाभार्ड, विलियम सलिबा, डेयोट उपमेकानो, राफेल भाराने 

मिडफिल्डर : एडुआर्डो कामाभिङ्गा, युसुफ फोफना,माटिओ गुएन्डोजी,एड्रिएन राबियोट,ओरेलियन चाउमेनी

फरवार्ड : ओलिभर जिरुड,ओस्माने डेम्बेले,केलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, रान्डल कोलो मुआनी, क्रिस्टोफर एनकुन्कु

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×