काठमाडाैँ - राजकुमार राव, हुमा कुरेशी र राधिका आप्टे अभिनित चलचित्र मोनिका ओ माई डार्लिङको ट्रेलर सार्वजनिक भएको छ।
२ मिनेट २३ सेकेन्डको यस ट्रेलरमा क्राइम, सस्पेन्स र कमेडीको संयोजन देख्न सकिन्छ। ट्रेलर मोनिका ओ माई डार्लिंग गीतबाट सुरू हुन्छ। सामाजिक सञ्जालमा यो फिल्मको ट्रेलरलाई फ्यानले निकै रुचाइरहेका छन्।
यो फिल्म नोभेम्बर ११ मा नेटफ्लिक्समा स्ट्रिम हुनेछ।