नो मर्सी र न्यु जेनिथलाई उपाधि

काठमाडौँ - नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बनेका हुन्।

खुमलटारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा सोमबार भएको फुटसलतर्फको फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४-१ गोलले पराजित गरेको हो। उपाधिसंगै नो मर्सीले ५० हजार तथा स्वस्तिश्रीले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

नो मर्सीका सञ्जय लामा उत्कृष्ट खेलाडी तथा स्वस्तिश्री गुरुकुल रेडका सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए। प्रतियोगिताभर १३ गोल गरेका नो मर्सीका गौरव महर्जन सर्वाधिक गोलकर्ता बने।

बास्केटबलको फाइनलमा न्यु जेनिथले ऋत एकेडेमीलाई १९-१७ ले हराएको हो। न्यु जेनिथका सुसन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। न्यु जेनिथले ३५ हजार तथा ऋतले २० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी, प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविणा थापा, प्रतियोगिता संयोजक राजु श्रेष्ठलगायलतले पुरस्कृत गरेका थिए। दुईदिने प्रतियोगिताको फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागीता रहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×