साफ महिला च्याम्पियनसिप र यू-१७ साफको तालिका परिमार्जनका लागि पर्खने

काठमाडौँ - फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गरेपछि त्यसको असर दक्षिण एसियाली स्तरमा विभिन्न फुटबल प्रतियोगितामा समेत परेको छ।

निलम्बनको असर भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा साफ महिला च्याम्पियनसिप र भदौ अन्तिममा श्रीलंकामा साफ यू-१७ च्याम्पियन्सिपमा परेके छ। फिफाको निलम्बनपछि भारतले यी दुवै प्रतियोगितामा भाग लिन पाउने छैनन्।

यद्यपी दक्षिण एसियाली फुटबल महासंघ साफ भने यी २ प्रतियोगिताको खेलतालिका परिमार्जन गर्न अझै पर्खने भएको छ। बिहीबार बसेको साफ कार्यसमितिको भर्चुअल बैठकले २ प्रतियोगिताको खेलतालिका परिमार्जन गर्नका लागि पर्खने निर्णय गरेको छ।

फिफाको निलम्बन कायम रहिरहेको अवस्थामा हुने श्रीलंका हुने साफ यू-१७ को खेल तालिका परिमार्जन हुनेछ। ६ टिमले भाग लिने यस प्रतियोगितामा भारत सहभागी नहुने अवस्था आए राउण्ड रोविनको आधारमा खेल हुनेछ।

नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा भने भारत सहभागी नभए पनि समूह विभाजन उही रहनेछ। किनकी भारत रहेको समूहमा ४ टिम रहेका छन्। यदी भारत सहभागी नभए उक्त समूहमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स हुनेछन्। अर्को समूहमा नेपाल, भुटान र श्रीलंका रहेका छन्।

साफको कार्यसमिति मिटिङमा अखिल नेपाल फुटबल संघका महासचिव र श्रीलंका पुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए।

साफ महासचिव अनवरल हकले भारतमाथि फिफाले लगाएको निलम्बनको विषयमा हुने विकासका लागि आउने मंगलबारसम्म पर्खने र त्यसपछि आउने निर्णपछि साफको प्रतियोगिताबारे अन्तिम निर्णय गर्ने जानकारी दिएका छन्।

यसैगरी साफ कार्यसमिति बैठकले सन् २०२३ को प्रतियोगिताको क्यालेन्डर पनि स्वीकृत गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×