काठमाडौँ - फिफाको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले कम्बोडियामाथि जित हात पारेको छ। कम्बोडियाको नोम पेनमा बिहीबार राति भएको खेलमा बंगलादेशले कम्बोडियालाई १-० गोलअन्तरले पराजित गरेको हो।
बंगलादेशको जितमा मिडफिल्डर राकिव हुसेनले निर्णायक गोल गरेका थिए। राकिवले खेलको २३ औँ मिनेटमा गरेका थिए।
बंगलादेशले अब असोज ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालविरुद्ध मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ।