अदिती र धिरज अभिनित फिल्म 'बाबरी' दसैंमा प्रदर्शन हुने

काठमाडौँ - अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ। निर्देशक सुरेन्द्र पौडेलले दशैंको फूलपातीको २ दिनअघि फिल्म रिलिज हुने जानकारी दिएका छन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म भदौ ३१ गते आउने तयारीमा थियो। पूर्वनिर्धारित मिति स्थगित गर्दै बाबरीले दशैंलाई प्रदर्शन डेटको रुपमा तय गरेको हो। यसअघि प्रशान्त तामाङ स्टारर फिल्म ‘परदेशी २’ पोस्टपोन्ड भएर फागुनमा पुगेपछि असोज १४ को मिति खाली भएको थियो।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’लाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन्। फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत रहेको छ भने एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले लेखेका हुन्। नरेन्द्र मैनालीले फिल्म खिचेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×