काठमाडौँ - इण्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६७ रनले पराजित गरेको छ।
बैंगलोरले दिएको १९३ रनको लक्ष्य पछाएको हैदारावादले १९.२ ओभरमा १२५ रन बनाउदै अल आउट भएपछि खेल ६७ रनले गुमाएको थियो।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाउदै १९२ रन बनाएको थियो।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलोरको १२ खेलमा सातौ जितसहित १४ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ।
सनराइजर्स हैदारावादको भने ११ खेलमा ६ हारसहित १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ।