काठमाडौँ - घरेलु टोली इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि १ सय १८ रनको सानदार जित हात पारेको छ। योसँगै ३ ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ।
जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अप्रिका ८३ रनमा अल आउट भएको थियो। खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो।दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिका हेनरिक क्लासेनले ४० बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए। डेविड मिलर १२ र ड्वेन प्रिटोरियस १७ रनमा आउट भएका थिए।
क्विन्टन डि कक ५, जान्नेमान मलान, रास्सी भान डर डुसेन र एडेन माक्ररमले खाता खोल्न सकेनन्। जुन समय ३.५ ओभरमा ६-४ खराब अवस्थामा पुगेको थियो। इंग्ल्यान्डका स्पिनर आदिल राशिदले सर्वाधिक ३ विकेट लिए। रिस टोप्ली र मोईन अलीले २/२ विकेट लिएका थिए। साम करन र डेविड विल्लीले १/१ विकेट लिए।
त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड २८.१ ओभरमा २ सय १ रनमा अल आउट भयो। इंग्ल्यान्डका लियम लिभिङस्टोनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए।
साम करनले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए। करन खेलको प्लेयर अफ द म्याच चुनिए। ओपनर जेसन रोय १४, जोनी बेयरस्टो २८, फिलिप साल्ट १७, जो रुट १, मोईन अली ६, जस बटलर १९, डेविड विल्ली २१ र आदिल राशिद १२ रनमा आउट भएका थिए।
दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ६ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। तबरेज शाम्सी र एनरिच नोर्कियाले २/२ विकेट लिए। पहिलो खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको थियो। तेस्रो खेल आइतबार हुनेछ।