काठमाडौँ - कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ। एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको हो।
यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ।
दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लिएको थियो।
दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो। किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्सले गोल फर्काउन सकेन।
जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन। अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरिएको छ।