बार्सिलोना र लेवान्डोस्की बिच चार वर्षको लागि सम्झौता

काठमाडौँ - स्पानिस क्लब बार्सिलोनाले रोवर्ट लेवान्डोस्कीसँग चार वर्षको लागि सम्झौता गर्ने भएको छ। बार्सिलोनाले लेवान्डोस्की अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँग सहमतिमा पुगेको जनाएको छ।

बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा अनुबन्ध गरेको हो  यसमा ५ मिलियनको अन्य सुविधा थपिन सक्छ। बार्सिलोनाले लेवान्डोस्कीको बाई आउट क्लज ५०० मिलियन युरो राखेको छ। यसअघि अनुबन्ध गर्नेबारे सहमतिमा पुगेपनि बार्सिलोनाले अब आधिकारिक रुपमै अनुबन्ध बारे घोषणा गरेको हो।

आधिकारिक रुपमा सम्झौतामा हस्ताक्षर गर्नुअघि नै लेवान्डोस्की बार्सिलोनाको प्रि-सिजन टुरमा अमेरिकामा रहेका छन्।

जर्मन क्ल बायर्नमा लेवान्डोस्कीको सम्झौता अझै १ वर्ष बाँकी नै रहे पनि गत मे मा उनले क्लब छाड्न चाहेको बताएका थिए। त्यसपछि अन्य क्लबले पनि उनीप्रति चासो देखायो तर बार्सिलोनाले बाजी मारको हो।

‘अन्तत म यहाँ छु। बार्सामा हुँदा म खुशी छु। म ला लिगामा खेल्न चाहन्छु,’ लेवान्डोस्कीले भने, ‘म बार्सिलोनालाई शीर्ष स्थनामा पुर्‍याउन र ट्रफी जित्न यहाँ आएको छु।’

उनले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए। बायर्नमा ८ वर्ष बिताउँदा उनले ३७४ खेल खेल्दा ३४४ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×