पोखरा। कास्कीमा यात्रुवाहक बस दुर्घटना भएको छ। सुनौलीबाट म्याग्दीका लागि छुटेको लु१ख ७७६८ नम्बरको यात्रुवाहक बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ बजेर ५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेर चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा पाल्पा घर भएका ४६ वर्षीय चालक भुपेन्द्र भन्ने भुपनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसले च्यापिएर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा घाइते भएकाहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ बजेर ५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको डीएसपी तिवारीले जनाए।