काठमाडौँ- सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा आरसी–३२ फुटबल एकेडेमी विजयी भएको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा आरसी-३२ स्वयम्भू क्लबविरुद्ध ३–२ ले विजयी भएको छ। र यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा आरसी–३२ को जितमा किश्मत लिम्बू, रोहन कार्की र विवेक सन्तोषीले एक–एक गोल गरे। स्वयम्भूका पाल्साङ लामा र शाहील अधिकारीले एक–एक गोल फर्काए।
सुरुवाती अग्रता जोगाउन नसक्दा स्वयम्भू स्तब्ध बन्न पुग्यो। खेलको दोस्रो मिनेटमै पाल्साङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। १४ औं मिनेटमा कश्मितले आरसी–३२ लाई १–१ को बराबरीमा ल्याए । १५ औं मिनेटमा रोहनले फ्रिककमार्फत उत्कृष्ट गोल गर्दा टोली ३–१ ले अघि बढ्यो।
२० औं मिनेटमा विवेकले आरसी–३२ लाई ३–१ को अग्रता दिलाए। ४९ औं मिनेटमा शाहिलले गोल गर्दै स्वयम्भूलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्यापत नबन्दा आरसी–३२ ले ३–२ को रोमाञ्चक जित निकाल्यो। जितसँगै आरसी–३२ ले तीन खेलमा नौ अंक जोड्दा पराजित स्वयम्भूको समान खेलबाट एक अंक छ।