काठमाडौँ। आइतबार राति भएको इंगलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले वेस्ट ह्यामविरुद्ध २–१ को जित निकालेको हो। खेलको ३३ औं र ९० औं मिनेटमा गोल गरेर सिटीले तीन अंक जोडेको हो भने वेस्ट ह्यामले इन्ज्युरी समयमा सान्त्वना गोल फर्काएको हो।