काठमाडौँ - सलमान खान र शाहरुख खान एक अर्कासँग भिड्ने मुडमा देखिएका छन्। वास्तवमा यी २ सुपरस्टारले दिपावलीको १ दिन अघि आ-आफ्नो फिल्म ‘किसी का भाइ किसकी जान’ र ‘पठान’ को टिजर लन्च गर्दैछन्।
रिपोर्टलाई विश्वास गर्ने हो भने यी दुवैले यसका लागि विशेष योजना बनाएका छन्। रिपोर्ट अनुसार दीपावलीको १ दिन अगाडि भारत-पाकिस्तान क्रिकेट म्याच हुने भएको छ। र दुबै स्टारहरु यस दिनलाई निकै फाइदा उठाउन चाहन्छन्। सलमानको फिल्म यही वर्षको डिसेम्बरमा रिलिज हुँदैछ। यस्तै शाहरुखको फिल्म सन् २०२३ मा रिलिज हुनेछ।
सलमान खान हालै साउथ मेगा स्टार चिरञ्जीवीसँग फिल्म ‘गडफादर’मा देखिएका थिए। तर, यो साउथ फिल्ममा उनको क्यामियो मात्र थियो। सलमानको ‘किसी का भाइ किसकी जान’ फिल्म पारिवारिक मनोरञ्जनात्मक हो। त्यसैले सलमान फिल्मको टिजर वा मोसन पोस्टर दीपावलीमा रिलिज गर्न चाहन्छन्। फिल्म ३० डिसेम्बरमा हलमा रिलिज हुँदैछ।
सलमान र निर्देशक फहद सामजी अहिले फिल्मको मोसन र टिजरमा काम गरिरहेका छन्। दुबैले चाँडै नै दीपावलीमा रिलिज गर्ने निर्णय गरेका छन्। फिल्ममा पूजा हेगडे, शहनाज गिल, सिद्धार्थ निगम, जस्सी गिल, पलक तिवारी, राघव जुयाल, वेंकटेश र जगपति बाबुको मुख्य भूमिका रहेको छ।
शाहरुख खान विगत ४ वर्षदेखि फिल्मी पर्दाबाट गायब छन्। शाहरुख यो वर्ष पनि पर्दामा देखिने छैनन्। शाहरुख अहिले आफ्नो आगामी फिल्मको सुटिङमा व्यस्त छन्। हालै उनले आफ्नो फिल्म ‘जवान’को शुटिङ पूरा गरेका छन्। यसैबीच, शाहरुखले दिवालीको अवसरमा आफ्नो बहुप्रतिक्षित फिल्म पठानको टिजर रिलिज गर्ने खबर आएको हो। फिल्मको टिम दीपावलीमा धमाका गर्ने तयारीमा छ। शाहरुखको फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुनेछ।