एक सातामा ‘२ नम्बरी’ को कमाई कति?

काठमाडौँ - असोजको २१ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘२ नम्बरी’ ले बक्स अफिसमा आक्रामक आम्दानी गरिरहेको छ। दोश्रो साताको शनिबारसम्म पनि हलमा दर्शकको उच्च चाप रहेको छ। आज शनिबारको दिन पनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ।

यसैबीच, यो फिल्मको ८ दिने बक्स अफिस कलेक्शन यसको निर्माणपक्षले सार्वजनिक गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले ८ दिनमा ४ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ।

यसको निर्माणपक्षले १३ वटा शहरको कुल व्यापार समेत सार्वजनिक गरेको छ। निर्माणपक्षका अनुसार, यो फिल्मले काठमाडौंमा ८ दिनमा २ करोड २० लाख रुपैयाँको ग्रस कलेक्शन गरेको छ।

यस्तै, फिल्मले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमक १५ लाख, बिर्तामोड १४ लाख, विराटनगर १२ लाख, हेटौडा १० लाख, धनगढी १० लाख, धरान ५ लाख, सुर्खेत ४ लाख रुपैयाँको ग्रस कलेक्शन गरेको छ।

फिल्मले अन्य विभिन्न स्टेशनबाट १५ लाख ग्रस कलेक्शन गरेको छ। रिलिजको केही दिनमा नै लगानी उठाएको निर्माता किरण नेपालीले जानकारी दिएका छन्।

दीपेन्द्र लामा निर्देशित फिल्मको दोश्रो सातामा पनि शोज बृद्धि भएको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×