‘झिंगेदाउ’को कमाइ उकालो लाग्यो

काठमाडौँ - बलियो ‘वर्ड अफ माउथ’को कारण ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। वितरकका लागि यो कमाइ चकित पार्ने खालको कलेक्सन हो।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा फिल्मको नौ दिनको कमाइ १ करोड ७० लाख रुपैयाँ ग्रस छ। आइतबार मध्यान्हसम्मको अकुपेन्सी र सर्भर जडान नभएका हलको आँकडा हेर्दा ‘झिंगेदाउ’को कमाइ करिब २ करोड २५ लाख रुपैयाँ रहेको अनुमान छ।

वर्ड अफ माउथको कारण फिल्मले विकडेजमा पनि राम्रो कमाइ गरिरहेको छ। दोस्रो आइतबार पनि मुख्य मल्टिप्लेक्सको अकुपेन्सी ४० देखि ६० प्रतिशत र एकल पर्दामा ३० देखि ४० प्रतिशत छ, जुन निकै उत्साहजनक हो।

सीमित पर्दाबाट सुरु भएको ‘झिंगेदाउ’को शो संख्या दोब्बर पुगेको छ। यदि यही अनुपातमा कमाइ बढ्ने हो भने दोस्रो साताको समाप्तिसम्म फिल्मको कुल कलेक्सन ३ करोड ग्रस पार गर्ने अनुमान छ।

डेढ करोड लगानीमा निर्माण भएको फिल्मले लगानी उठाउन साढे ३ करोड ग्रस व्यापार गर्नुपर्छ। स्टारभन्दा पनि कन्टेन्टका कारण ‘झिंगेदाउ’को कमाइ उकालो लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×